नियम १९
आकस्मिक स्वास्थ्य उपचार कोषको स्थापना र सञ्चालन
(१) ऐनको दफा इ३ बमोजिम नेपाल सरकार र प्रत्येक प्रदेशमा छुट्टा छुट्टै आकस्मिक स्वास्थ्य उपचार कोषको स्थापना हुनेछ।

(२) उपनियम (१) बमोजिमको कोषमा देहाय बमोजिमको रकम रहनेछः-

(क). नेपाल सरकारबाट प्राप्त रकम,

(ख) सम्बन्धित प्रदेश सरकारले उपलब्ध गराएको रकस,

(ग) कुनै व्यक्ति, गैरसरकारी तथा निजी सङ्घ संस्थाबाट प्राप्त रकम,

(घ) बिदेशी संस्था, सरकार वा अन्तराष्ट्रिय संस्थाबाट प्राप्त रकम । (३) उपनियम (२) को खण्ड (घ) बमोजिमको रकम लिनुअघि नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ।

(४) उपनियम (१) बमोजिम नेपाल सरकारबाट स्थापना भएको कोषको सञ्चालन मन्त्रालयले र प्रदेश सरकारबाट स्थापना भएको कोषको सञ्चालन सम्बन्धित प्रदेश सरकारले तोकेको निकायले गर्नेछ।